- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
- सत्ता र प्रतिपक्षीको हो-हल्लापछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित |
- ज्ञानेन्द्र शाहले 'गणतन्त्रमाथि हमला गरेको' कांग्रेसको ठहर, निश्चित सीमामा सीमित राख्न माग |
- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी
- गोल्डेन खबर
- ५ दिन अघि
- १७ पटक पढिएको

भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।
जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाउनुभयो । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाउनुभयो । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३/१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाउनुभयो ।
बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुई दुई विकेट लिनुभयो । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।