- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
एमसिसीका केही परियोजना अगाडि बढाउन अमेरिकाले दियो अनुमति
- गोल्डेन खबर
- ६ दिन अघि
- २४ पटक पढिएको

अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टका सबै कार्यक्रम रोक्न नपर्ने जानकारी गराएको छ।
यसअघि ९० दिनको पुनर्मूल्यांकन समय राखेर अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।
एमसिसी कार्यान्वयन गर्ने निकाय एमसिए नेपालका अनुसार शुक्रबार मात्रै अमेरिकी सरकारले सबै काम रोक्न नपर्ने गरी पत्र पठाएको जानकारी गराएको छ।
एमसिए नेपालले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारद्वारा एमसिसी नेपाल कम्प्याक्टका केही कार्यक्रम अगाडि बढाउन अनुमति प्राप्त भएको जानकारी गराएको छ।
‘अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ,’ एमसिए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तर, कुन कुन कार्यक्रम अघि बढ्ने र कुन कुन कार्यक्रम रोकिने भन्ने विषयमा स्पष्ट नखुलाइएको एमसिए नेपालका एक अधिकारीले बताएका छन्।