- नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र |
- प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता |
- भैरहवा एयरपोर्ट छानबिन समितिको संयोजक योगेश भट्टराईको नेतृत्वमा रास्वपा सांसद मनिष झाले उठाए प्रश्न |
- महेन्द्र मोरङको स्ववियु अध्यक्षलाई प्रचण्डको फोन– हिस्ट्री |
- बिहेको तयारीमा तेजस्वी प्रकाश र करण कुन्द्रा |
रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी
- गोल्डेन खबर
- ३ दिन अघि
- १६ पटक पढिएको

रौतहट — रौतहटको चन्द्रपपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्ववियुको निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । समानुतिकतर्फको मतगणना भइरहेको छ । यस क्याम्पसमा नेविसंघले लगातार जित निकाल्दै आएको छ ।
क्याम्पस निर्वाचन कार्यालयका अनुसार २ हजार ९ सय ५४ मतदाता रहेकोमा १ हजार ६ सय ८७ मत खसेको थियो । सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् ।
निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गर । अखिल (क्रान्तिकारी) का अजय पटेलले १ सय ७० मत पाए । सचिवमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याई विजयी भए । निकटतम शुभ श्रेष्ठले २ सय ३१ मत ल्याए । श्रेष्ठ नेकपा समाजवादी पार्टी (एस) को विद्यार्थी संगठनका भए पनि अनेरास्ववियु सँग मिलेर चुनाव लडेका थिए । सचिवमा अखिल (क्रान्तिकारी) का सुस्मिता घलानले १ सय ८७ मत पाए । कोषाध्यक्षमा नेविसंघकै सम्झनाकुमारी चौधरी १ हजार १ सय ४८ मत ल्याएर विजयी भएकी छन् । निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २ सय ११ मत ल्याए । अखिल(क्रान्तिकारी)का अनिषा चौधरीले १ सय ८१ मत पाइन् ।
चुनावी मैदानमा नेविसंघ, अनेरास्वियु, अखिल (कान्तिकारी), समाजवादी विद्यार्थी युनियनका गरी ३४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा थिए । २०६५ सालको पहिलो निर्वाचनमा यस क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धनले जितेको थियो । त्यसपछि लगातार नेविसंघले वर्चश्व कायम राख्दै आएको छ ।