FLASH NEWS
- Loading...
स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन
- गोल्डेन खबर
- १ दिन अघि
- ७ पटक पढिएको

तालाबन्दीका कारण स्ववियु चुनाव रोकिएपछि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघले प्रदर्शन गरेको छ।
नेविसंघले स्ववियु चुनाव मिति यथाशीघ्र घोषणाको मागसहित मंगलबार दिउँसो प्रदर्शन गरेका हुन्।
नेविसंघबाट स्ववियु सभापति उम्मेदवार गोविन्द कोइरालासहित नेविसंघले ताला लगाउनेविरूद्ध प्रदर्शन गरेका हुन्।
‘आफ्ना प्रतिनिधि छान्ने विद्यार्थीका अधिकार खोस्न पाइँदैन,’ कोइरालाले भने, ‘यथाशीघ्र स्ववियु निर्वाचन मिति घोषणा गरियोस्।’
त्रिचन्द्रमा नेविसंघका बागी उम्मेदवार विवेक बानियाँले ताला लगाएपछि मंगलबार स्ववियु निर्वाचन रोकिएको थियो। आफ्ना मागलाई सम्बोधन नगरी निर्वाचन समितिले स्ववियु चुनाव प्रक्रिया सुरू गरेको विरोधमा बानियाँ पक्षले तालाबन्दी गरेका थिए।
नेविसंघले भने ‘तालाबन्दी गर्ने दाइ, स्ववियुमा बाइ बाइ’ लेखेको प्ला कार्डसहित प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस