- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध
- गोल्डेन खबर
- २१ घण्टा अघि
- ११ पटक पढिएको

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ।
एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी गरि ४२ क्लबहरूलाई नजिकको हलमा सामूहिक रुपमा फिल्म हेर्न व्यवस्था मिलाउन तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह गरेको हो।
एन्फाले खेलकुदप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अनुरोध गरिएको छ।
‘अञ्जिला’ फिल्म अहिले देशभर प्रदर्शन भैरहेको छ। यो फिल्म एञ्जिलाको इलामदेखि राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। फिल्ममा केवल फुटबल यात्रा मात्र होइन। उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रूपमा चित्रण गरिएको छ।
‘अञ्जिला’ केवल एक फुटबल खेलाडीको कथा मात्र होइन। यो सपना देख्ने, संघर्ष गर्ने र सफलता हासिल गर्ने हरेक नेपाली युवाको कथा हो। फिल्म प्रेरणादायी छ र सबैले हेर्नु पर्ने एउटा उत्कृष्ट नेपाली बायोपिक बनेको छ।
फिल्मबाट उठेको रकमले एन्जिलाको घर बनाइदिने घोषणा पनि फिल्म प्रदर्शनमा आउनु भन्दा पहिले भैसकेको छ।