- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक
- गोल्डेन खबर
- १ दिन अघि
- १५ पटक पढिएको

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङमा पाथीभरा केबलकारको प्रक्रिया अगाडि बढाउन संलग्न राजनीतिक दलले नै विरोध गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा उठाएका प्रश्नका जबाफ दिँदै मन्त्री लेखकले राजनीतिक दलहरूले विरोधकै लागि विरोध गरिरहेको बताए।
‘यस आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने सन्दर्भमा संलग्न महानुभावहरू एवं राजनीतिक दलले पनि आज आएर विरोध गरेको देखिएको छ। त्यसैले म सबैलाई विगतको आफ्नो संलग्नता र भूमिकालाई स्मरण गर्न आग्रह गर्दछु,’ उनले भने, ‘विरोधका लागि विरोध र विषयवस्तुलाई विषयान्तर गराउनेभन्दा पनि सबैको जिम्मेवारीपूर्ण भूमिका सरकारले अपेक्षा गरेको छ। सरकार केबलकार निर्माणको विषयमा देखिएको समस्या वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न चाहन्छ।’
पाथीभरामा केबलकार निर्माणको प्रक्रिया केही वर्ष अगाडि देखि नै सुरू भएको उनले बताए।
२०७५ पुस १६ मै सरकारले केबलकार निर्माणको लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रूख बिरूवाहरू हटाउन स्वीकृत दिएको उनले बताए।
त्यस्तै, सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बेस क्याम्प राखिएको विषयमा पनि प्रश्न उठेको उनले थियो।‘आयोजनास्थलको सुरक्षाको हकमा बटम स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको बेस क्याम्प स्थापना गर्ने र नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन मा. उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरबाट मिति २०८० माघ २ मा निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ उनले भने।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली पनि बनाएको छ।‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन सरकार तयार छ। हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको व्यहोरा जानकारी गराउँदछु,’ उनले भने।