- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
- गोल्डेन खबर
- ३ दिन अघि
- १४ पटक पढिएको

काठमाडौँ । राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान भएको शिक्षा मन्त्रालयले जनाएको छ । जसअनुसार २०७१ वैशाख १ देखि २०७२ चैत ३० गतेसम्म जन्म भई कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका लक्षित छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुल अध्ययनको अवसर पाउनेछन् ।
जसका लागि चैत २६ र २७ गते तोकिएको परीक्षा केन्द्रमा फाराम बुझाउनुपर्नेछ । सूचनाअनुसार बुढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ रहेको छ ।
यसैगरी साझेदारी कार्यक्रम अन्तर्गतका थप साझेदारी स्कुलका निमित्त समेत जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् ।