- त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला |
- ट्रम्पको आग्रहलाई स्वीकार गर्दै पुटिनले भने- कुर्स्कमा युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ |
- राजावादीहरूको प्रदर्शनबारे रास्वपाभित्रै प्रश्न, कसले दिने उत्तर? |
- Holi: The Festival of Colors and Its Cultural Significance in Nepal and India |
- Grand Three-Day Holi Celebration Concludes in Rautahat |
युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा
- गोल्डेन खबर
- १ दिन अघि
- ८ पटक पढिएको

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो।
पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ।
रुबेन अमोरिमको पहिलो वर्षलाई उपाधिसहित सम्झनलायक बनाउने आशा जीवित राख्न जित आवश्यक थियो।
त्यस्तोमा युनाइटेडका लागि खेलको सुरुआत निकै खराब रह्यो। म्याथिज डि लिटले गल्ती गरेपछि मिकेल ओयारजाबालले १० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।
तर, घरेलु टोलीले ६ मिनेट पछि बराबरी गोल फर्कायो। इगोर जुबेल्डियाले रस्मस होयलुन्डलाई फाउल गरेपछि फर्नान्डेसले पेनाल्टीलाई गोलमा परिणत गरे।
खेलको तेस्रो पेनाल्टीपछि युनाइटेडले अग्रता लिएको थियो। अरिक एलुस्तोंदोले प्याट्रिक डोर्गुलाई फाउल गरेको निर्णयप्रति असन्तुष्टि जनाए पनि रेफ्रीको निर्णय परिवर्तन भएन। फर्नान्डेसलाई ५० औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए।
स्पेनिस टोलीको अन्तिम आशा खेलको दोस्रो हाफमा समाप्त भयो । ६३ औं मिनेटमा डोर्गुलाई रोक्न खोज्दा जोन अराम्बुरुले रातो कार्ड पाए।
युनाइटेडले खेल समाप्त हुनु अघि थप २ गोल गर्दै जित निश्चित गर्यो। फर्नान्डेसले ८७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । डियोगो डालोटले इन्ज्युरी समयमा चौथो गोल गर्दै युनाइटेडको जित पक्का गरे।