FLASH NEWS
- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
रियलसँग एट्लेटिको पराजित
- गोल्डेन खबर
- १ हप्ता अघि
- २४ पटक पढिएको

रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ।
ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे।
घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे । उनको प्रहार पोस्टमा ठोक्किएर रियलका गोलकिपर थिबाउट कोर्टुवा लाई पार गर्दै गोलमा परिणत गरेको थियो।
दोस्रो हाफमा एट्लेटिको खेलमा हावी हुन थालेको देखिन्थ्यो । तर त्यसैबेला डियाजले ५५ औं मिनेटमा गोल गर्दै रियललाई अघि बढाए। त्यहि खेलको निर्णायक गोल बन्यो।
दोस्रो लेग आगामी अर्को साता १५ किलोमिटर टाढा मेट्रोपोलिटानो स्टेडियममा हुनेछ।
प्रतिक्रिया दिनुहोस