- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
शुक्रबार निर्माण टिमले समीर फिचर्ड ‘बलिदान’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा
- गोल्डेन खबर
- २ हप्ता अघि
- ३२ पटक पढिएको

समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
शुक्रबार निर्माण टिमले समीर फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। यो फिल्म २०८२ सालको फूलपाती (असोज १३) गतेदेखि प्रदर्शन हुनेछ।
सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठूलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन्। निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो। दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन्। यो पोस्टरले समीर नरसंहारमा रहेको संकेत गर्छ।
निर्देशक सन्तोष सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायांकन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ।
फिल्मको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो। तर अझ उत्कृष्ट प्रस्तुति दिनका लागि एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याए।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ। विशेष गरी फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो।
फिल्ममा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन्। साथै अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको संगीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ। गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले फिल्मका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य सांगीतिक पक्षमा काम गरिरहेको छ।
फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो। यसका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्।