- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
सुजता कोइराला नेतृत्वको नेपाली कांग्रेस प्रतिनिधिमण्डल चीनको छेन्दुमा, उच्चस्तरीय भेटवार्ता सम्पन्न
- गोल्डेन खबर
- २ हप्ता अघि
- ३६ पटक पढिएको

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल
नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।
भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिए ।
नेतृ कोइरालाले लिखित मन्तब्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली काँग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन् । उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गरिन् ।
भेटमा सहभागी नेता लामा, किरण यादव र देवराज चालिसेका अनुसार यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र काँग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्वत पुग्नेछ ।
भेटमा काँगेसका १५ जना नेता सहभागी थिए । चिनकोतर्फबाट सीपीसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु,सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना
नेता सहभागी थिए ।
चिनियाँ नेताहरुले नेपालसंगको साँस्कृतिक सहकार्य र विकासलाई पनि संगसंगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए ।
भेटवार्ताअघि कोइराला नेतृत्वको टोलीले सिचवानको प्रसिद्व म्युजियम र साँस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो ।
कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरुसंग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।