- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश
- गोल्डेन खबर
- २ हप्ता अघि
- ४२ पटक पढिएको

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् ।
पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
घरेलु समर्थकको अगाडि पाकिस्तान जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा छ । दुवै देश अंक बिहिन रहेर प्रतियोगिता समाप्त गर्न चाहदैनन् । तर, रावलपिण्डीको मौसम खराब रहेका कारण यो खेल नहुने सम्भावना समेत रहेको छ ।
गत मंगलवार वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा पाकिस्तान र बंगलादेशबीचको यो पहिलो खेल हो । बंगलादेशविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्तानको समग्र रेकर्ड १२–० रहेको छ ।
पाकिस्तानको टिम
मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, कामरान गुलाम, सउद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रिदी
बंगलादेशको टिम
नजमुल हुसैन शान्तो (कप्तान), सौम्य सरकार, तन्जिद हसन, तौहीद हृदय, मुशफिकुर रहीम, मोहम्मद महमूद उल्लाह, जाकर अली, रिशाद हुसैन, तस्कीन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जिम हसन साकिब, नहिद राना