अफगानिस्तानले टस जित्यो

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २९ पटक पढिएको
अफगानिस्तानले टस जित्यो

च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ ।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् ।

पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

अफगानिस्तान पहिलो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको थियो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

मंगलवारको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएपछि यी दुई टोलीबीचको खेल नकआउट भिडन्त भएको हो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित