टिप्परले ठक्कर दिँदा दुुई जना घाइते

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २५ पटक पढिएको
टिप्परले ठक्कर दिँदा दुुई जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित वन कार्यालयनजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुुई जना घाइते भएका छन् ।

नवलपुरबाट लालबन्दीतर्फ आउँदैगरेको बागमती प्रदेश ०१–००६ ख ३५९१ नम्वरको हाइसलाई ना ७ ख ३२१७ नम्वरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिएपछि हाइसले प्रदेश २ ०२ ००२ प ७८०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हाइस ठोक्किँदा मोटरसाइकलमा सामान्य क्षति पुुगे पनि चालक सकुशल रहेको प्रहरीले जनाएको छ । टिप्परले पछाडिबाट ठक्कर दिँदा हाइसमा सवार बागमती नगरपालिका –९, नयाँबस्तीका १९ वर्षीय प्रेमबहादुर रुम्बाको टाउको र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते रुम्बालाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि बुधबार दिउँसो काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते बरहथवा नगरपालिका निवासी दीपक गाहाका छोरी अन्दाजी ३ वर्षीया दृष्णा गाहाको टाउकोमा चोट लागेर सामान्य घाइते हुनुभएको थियो ।

उहाँको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिँदा हाइसको पछाडिपट्टीको भागमा क्षति पुुगेको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित