FLASH NEWS
- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
मदिरा सेवनले एकको मृत्यु
- गोल्डेन खबर
- ३ हप्ता अघि
- ३२ पटक पढिएको

मोरङको उर्लाबारी–९ छिन्ताङ्गे टोलका ४९ वर्षीय नरेन्द्र लावतीको अत्यधिक मदिरा सेवन गरेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवका अनुसार छिमेकी डिगबहादुर खड्काको घरको बरण्डामा सोमबार बिहान नरेन्द्र मृत अवस्थामा भेटिएका थिए ।
राति अबेरसम्म अत्यधिक मदिरा सेवन गरेका लावती घर नगई बरण्डामा सुतेका थिए । बिहान उनलाई घरधनी डिगबहादुरले मृत अवस्थामा भेट्नु भएको थियो । लावतीको शव उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस