- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
गिलको शतकमा भारतको विजयी सुरुवात
- गोल्डेन खबर
- ३ हप्ता अघि
- २९ पटक पढिएको

शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ।
युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो।
२ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो।
१ सय ४४ रन जोड्दा चौथो विकेट गुमाउँदै दबाबमा परेको भारतलाई ओपनर गिल र केएल राहुलले सम्हालेका थिए। राहुल ४१ रनमा नटआउट रहे।
१ सय २९ बल खेलेका गिलले ९ चौथो र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा ७ चौकासहित ४१ रन, विराट कोहलीले २२, श्रेया ऐयरले १५, अक्षर पटेलले ८ रन बनाए ।
बंगालादेशका रोसिद होसेनले २, तस्किन अहमद, मुस्ताफिजुरले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगालादेश ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको छ।
बंगालादेशका तोहिद ह्रदोयको शतक प्रहार गरे। जसले अलीले ६८ , ओपनर तान्जित हसनले २५ रन बनाए ।
भारतका मोहम्मद सामीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए।