- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
ब्रेस्टलाई हराउँदै पिएसजी अन्तिम १६ मा
- गोल्डेन खबर
- ३ हप्ता अघि
- ४६ पटक पढिएको

पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।
फ्रान्सेली प्रतिद्वन्दी ब्रेस्टलाई दोस्रो लेगमा बुधवार ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी प्रि क्वाटरफाइनलमा पुगेको हो। पिएसजी समग्रमा १०-० को अगाडि रह्यो । पहिलो लेग पिएसजी ३-० ले जितेको थियो ।
घरेलु मैदानमा पिएसजीको जितमा बारकोला, क्वार्त्सखेलिया, विटन्हा, डौए, नुनो मेन्डेस, गोन्कालो रामोस र मायुलुले समान १ गोल गरे ।
२०औं मिनेटमा बारकोलाले पिएसजीका लागि पहिलो गोल गरे। ३९औं मिनेटमा क्वार्त्सखेलियाले गोल गर्दा पिएसजी पहिलो हाफमा २-० ले अगाडि रह्यो।
५९औं मिनेटमा विटन्हाले , ६४औं मिनेटमा डौएले, ६९औं मिनेटमा मेन्डेसले, ७६औं मिनेटमा रामोसले र ८६औं मिनेटमा मायुलुले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
पिएसजीले क्वाटरफाइनल प्रवेशका लागि लिभरपुल वा बार्सिलोना मध्ये एकको सामना गर्ने छ ।
डर्टमन्ड, रियल म्याड्रिड र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-० को अग्रताले अघि बढ्यो।
म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको रियलले समग्रमा ६-३ को अग्रता सहित अघि बढ्यो। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनायो।