- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
गैरसरकारी संस्थाहरू पारदर्शी र जनमुखी हुनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा
- गोल्डेन खबर
- ४ हप्ता अघि
- ३६ पटक पढिएको

ललितपुर, फागुन ६ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले गैरसरकारी सङ्घ संस्था जनमुखी, सुशासन, पारदर्शी र आन्तरिक रूपमा लोकतान्त्रिक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस गैरसरकारी संस्था समन्वय विभागले ‘गैरसरकारी सङ्घ संस्थाको वर्तमान अवस्था र कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्थासम्बन्धी नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नागरिकप्रति गैरसरकारी संस्था जवाफदेही हुनुपर्ने बताउनुभएको हो ।
उहाँले स्थानीय समुदायको चाहना र आवश्यकताभन्दा दातृसंस्थाको प्राथमिकतामा काम हुने विषयप्रति सजग हुँदै राज्यका नीति र प्राथमिकताभन्दा बाहिरबाट गरिएका कार्यले विकास नहुने बताउनुभयो । गैरसरकारी सङ्घ संस्थाको प्रभावकारी अनुगमन र सहजीकरण गर्न कानुन आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “गैरसरकारी संस्थालाई नियमन गर्ने निकायको भूमिकामाथि पनि प्रश्न उठ्ने गरेको हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका निकायको समेत पुनर्संरचना गनुपर्ने देखिन्छ ।”
सभापति देउवाले नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र तिनीहरूका कामको स्वरूप र अवस्था फरक फरक देखिने बताउनुभयो । देउवाले गैरसरकारी संस्था बदलिँदो समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई अङ्गीकार गरी सरकारको सहयोगीका रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
उपसभापति धनराज गुरुङ र पूर्वउपसभापति विमलेन्द्र निधिले गैरसरकारी संस्थाहरूको भूमिका सामाजिक रूपमा एकता र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख डा. रणबहादुर रावलले ‘नागरिक समाज तथा गैरसरकारी संस्थाहरूका वर्तमान अवस्था, सवाल र सुझाव एवं डा. शिवप्रसाद पौडेलले नागरिक समाज तथा गैरसरकारी सङ्घ संस्थासम्बन्धी नेपाली कांग्रेसको नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।