- स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ? |
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लाग्ने भन्सार बढाएर १४५ प्रतिशत पुर्यायो |
- रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै सर्वोच्चमा रिट |
- Government and Private Sector Must Work Together for National Prosperity: PM Oli |
- अमेरिकी डलर र युरोको भाउ बढ्दा घट्यो अस्ट्रेलियन डलरको मूल्य,हेरौ अन्य मुद्राको दर |
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका सार्वजनिक
- गोल्डेन खबर
- १ महिना अघि
- ४८ पटक पढिएको

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ ।
साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा हुनेछ । इडन गार्डेनमा एक दशकपछि पहिलो फाइनल हुनेछ । दोस्रो क्वालिफायर पनि कोलकातामा नै आयोजना हुनेछ ।आइपिएलको पहिलो क्वालिफायर तथा इलिमिनेटर खेल हैदरावादमा हुनेछ ।
यो संस्करणको आइपिएल ६५ दिनसम्म चल्ने छ । यो संस्करणमा पनि अघिल्लोमा जस्तै ७४ खेल हुनेछन् । लिगमा १२ वटा डबल हेडर रहेका छन् । सन् २०२२ मा आइपिएल १० टोलीमा विस्तार भएयता हरेक सिजनमा जस्तै सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा कोलकाता, बेंगलुरु, राजस्थान, चेन्नई र पञ्जाब एक समूहमा तथा हैदराबाद, दिल्ली , गुजरात, मुम्बई र लखनउ अर्को समूहमा छन् । एक टोलीले आफ्नो समूहका अन्य टोलीसँग र अर्को समूहका एक टोलीसँग दुई पटक र अर्को समूहका अन्य चार टोलीसँग एक पटक प्रतिस्पर्धा गर्नेछन् ।