- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
स्पेनिस क्लब रियल मड्रिडको इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३-२ को जित
- गोल्डेन खबर
- १ महिना अघि
- ३८ पटक पढिएको

स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ ।
रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो।
सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल गरे । सिटीका लागि भने दुवै गोल एर्लिङ हाल्याण्डले गरे ।
१९औं मिनेटमा सिटीका लागि हाल्याण्डले गोल गरे। ६०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याएका । ८०औं मिनेटमा हाल्याण्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए । त्यसको ६ मिनेट पछि डियाजले गोल गरेपछि रियलले दोस्रो पटक खेलमा बराबरी गर्यो।
इन्ज्युरी समयमा बेलिंघमले गोल गर्दै रियललाई महत्वपुर्ण जित दिलाए । दोस्रो लेग २० फेब्रुअरीमा छ ।
रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहेका थिए ।
रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको थियो । दुई लेगमा जित दर्ज गर्ने टोली अन्तिम १६ मा पुग्नेछ । रियल र सिटीबीचको विजेताले एट्लेटिको मड्रिड वा बायर लेभरकुसेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
इंग्लिस प्रिमियर लिगमा पनि सिटीले निराशाजनक प्रदर्शन गरिरहेको छ । लिग तालिकामा पाँचौं स्थानमा रहेको सिटी शीर्षस्थानको लिभरपुलभन्दा १५ अंकले पछि परेको छ।