FLASH NEWS
  • Loading...

ग्वाटेमालामा बस खोलामा खस्दा ५१ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३६ पटक पढिएको
ग्वाटेमालामा बस खोलामा खस्दा ५१ जनाको मृत्यु

काठमाडौँ, माघ २९ गते । ग्वाटेमाला सहरमा सोमवार ७५ जना यात्रु बाेकेको बस खोलामा खस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो ।

ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनामा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गर्नुभयो ।

उहाँले विपद् न्यूनीकरणका लागि राष्ट्रिय संयोजकलाई घटनास्थलमा उपस्थित हुन र घाइतेहरूको लागि विशेष चिकित्सा हेरचाह मापदण्ड सक्रिय गर्न निर्देशन दिनुभएको छ ।

सिन्ह्वाको सहयोगमा

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित