FLASH NEWS
  • Loading...

सरकार संवेदनशील नभएको भन्दै सहकारी पीडितको विरोध प्रदर्शन

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १६९ पटक पढिएको
सरकार संवेदनशील नभएको भन्दै सहकारी पीडितको विरोध प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन् ।

उनीहरू सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् । सरकार संवेदनशील नभएको उनीहरुको भनाइ छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो वचतको सुरक्षा खोइ, लगायतका नारा लगाइ मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित