- Loading...
ग्लोबल टी-२० आज रातिदेखि, पहिलो खेलमा सन्दीपको टिम भ्यानकुभर र टोरन्टोखेल्दै
- गोल्डेन खबर
- ४ महिना अघि
- १०१ पटक पढिएको
काठमाडौं । क्यानडामा हुने चौथो सिजनको ग्लोबल टी–२० लिग बिहीबार रातिदेखि सुरुहुँदैछ । लिगको उद्घाटन खेलमा भ्यानकुभर नाइट्स र टोरन्टो नेशनल्सबीचप्रतिस्पर्धा हुने तालिका छ । यी दुई टिमबीचको खेल शुक्रबार बिहान १ः४५ देखिसुरु हुनेछ ।
ग्लोबल टी–२० मा यसपालि तीन नेपाली क्रिकेटर पनि जोडिएका छन् । यसपटक लिगमा भ्यानकुभर नाइट्समा सन्दीप लामिछाने रदीपेन्द्र सिंह ऐरी तथा टोरन्टोमा रोहितकुमार पौडेल पनि आबद्ध भएका हुन् ।
उनीहरूमध्ये दीपेन्द्र र रोहितले पहिलो म्याच गुमाउने छन् । भिसा आउन ढिला भएका कारण उनीहरूले उद्घाटन खेल गुमाउने भएका हुन् ।भिसा ढिलाइका कारण दीपेन्द्र बुधबार मात्र क्यानडातर्फ लागेका छन् । रोहित भने बिहीबार मात्र त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।
दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिगमा देखिने छन् । स्टार स्पिनर सन्दीप लामिछाने भने क्यानडा पुगिसकेका छन् । उनीचौथोपटक ग्लोबल टी–२० लिग खेल्ने तयारीमा छन् । सन्दीपले यसअघि मोन्ट्रियल टाइगर्स, टोरन्टो नेशनल्स र सर्रे जग्वार्सबाट ग्लोबलटी–२० खेलेका थिए ।
हालसम्म उनले यो लिगमा १७ खेलमा २४ विकेट लिएका छन् । सन्दीपले गत संस्करणमा ८ खेलमा ५.१७ को उत्कृष्ट इकोनमीमा ११विकेट लिएका थिए । उनी यसपटक पनि उच्च प्रदर्शन गर्ने योजनामा छन् ।