- Loading...
धुवाँमा निस्सासिएर जुम्लामा दिदी-बहिनीको मृत्यु
- गोल्डेन खबर
- ४ महिना अघि
- १०१ पटक पढिएको
जुम्ला । जुम्लामा धुवाँमा निस्सासिएर दिदी–बहिनीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएरपातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो।
मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन् । सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा गएकी थिइन् ।
मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिइन् । आइतबार राति धुवाँमानिस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो । उनकी बहिनी जुनमायामा मंगलबार मृत्यु भएको जिल्ला प्रहरीकार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।
उनका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन् ।
‘कोइला बालेर झ्यालहरू पनि बन्द गरेर सुतेका रहेछन्, भेन्टिलेटर नहुँदा उनीहरू बेहोस भएका हुन्,’ कामतीले भने, ‘बच्चा भने भुइँमाब्ल्यांकेट ओछ्याएर सुताइएको थियो, बच्चा सकुशल छन्, बिसञ्चो भने देखिएको छ ।’
शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको उनले जानकारी दिए ।
बच्चालाई प्रतिष्ठानको एनआइसियूमा राखेर उपचार भइरहेको उनले बताए