- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
दोलखा भीमेश्वर मन्दीरको शिलामा पसिना
- गोल्डेन खबर
- ८ महिना अघि
- २०८ पटक पढिएको

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचककारुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ।
भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो १:४७ देखि सिलाकोबायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।
पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिलाएक्कासि चम्किलो भएर तप–तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन् ।
सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार रराष्ट्रपतिलाई खबर पुर्याइने जानकारी दिए ।
सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ । पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाईपठाईने गरिन्छ। कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ ।