FLASH NEWS
  • Loading...

माओवादी, रास्वपा र एसद्वारा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १२१ पटक पढिएको
माओवादी, रास्वपा र एसद्वारा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । शुक्रबार बसेको तीन दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेकोले विश्वासको मत नदिने निर्णय गरिएको बताए । उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको जिकिर गरे । पुनले प्रतिपरक्षमा रहेका दलहरुबिचको एकताको हिसाबले सशक्त ढंगले जनताको भावना र आवाजको प्रतिनिधित्व गर्ने तीन दलका नेताबीच समझदारी बनेको बताए ।

शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित