FLASH NEWS
  • Loading...

ओली नेतृत्वको सरकारलाई एमालेले बुझायो ३१ बुँदे सुझाव

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • ८५ पटक पढिएको
ओली नेतृत्वको सरकारलाई एमालेले बुझायो ३१ बुँदे सुझाव

काठमाडौं नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको ३१ बुंदे सूचीसहित सुझावपत्र दिएको

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर सुझावपत्र बुझाएकोहो

सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम आगामी तीन वर्षभित्र गर्न सकिने कामको सूची

सुझावपत्रमा झुलाघाटचिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त सुझावदेखि जनताको निराश चिर्न आर्थिक क्षेत्रलाई चलायमानबनाउन सरकारले गर्नुपर्ने काम समेटिएको

नेपाली कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु डेढ साताअघि एमालेले गत असार २१ गते सरकारले आगामी वर्षभित्र गर्नुपर्ने कामबारे सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो

कार्यदलले ३३ वटै विभागसँग सरकारले गर्नुपर्ने कामबारे सुझावसहित प्रतिवेदन मागेको थियो

तिनै प्रतिवेदनका आधारमा एमालेले सरकारलाई सुझावपत्र बुझाएको हो सुझावपत्र महासचिव पोखरेल उपमहासचिव एवम्कार्यदल संयोजक ज्ञवालीले ओलीलाई बुझाए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित