FLASH NEWS
  • Loading...

पहिरोले बगाउदा दुइटा बसका ६५ यात्रु बेपत्ता, खोजी कार्य जारी

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • १४१ पटक पढिएको
Post Thumbnail

चितवन नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा बस बगाएको लेदो सहितको पहिरोका कारण बसलाईबगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाटलेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलोपहिरो खसेको उनले बताइन् पहिरोका कारण सडक अवरुद्ध भएको हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएकोउनको भनाई

घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको उनीहरूको अवस्थाअज्ञात रहेको

उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको उनले बताइन् सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरुअड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन्

काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेकाहुन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित