FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • ८१ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार प्रधानमन्त्री दाहालले यही २८ असारको संसद् बैठकमा विश्वासको मत लिन लागेकाले उक्त दिन अनिवार्य उपस्थित भएर विपक्षी मत दिन एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिने घोषणा गरेको थियो । आलोपालो सरकार चलाउने सहमतिअनुसार एमालेले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित