FLASH NEWS
  • Loading...

माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • ७४ पटक पढिएको
माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

कैलाली । कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजी गरेको थिए ।

जिल्ला प्रहरी कार्यालयले प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार गएराति करिब पौने १० बजे राना नदीमा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित