FLASH NEWS
  • Loading...

सम्पादकीयः धान उत्पादन बढाउन सिँचाइ सुविधाको विकास गरौँ

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १६८ पटक पढिएको
सम्पादकीयः धान उत्पादन बढाउन सिँचाइ सुविधाको विकास गरौँ

नेपालमा हरेक बर्ष असार १५ गतेको दिनलाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यो बर्षको धान दिवस पनि देशैभर भव्यताका साथ मनाइएको छ तर दुखको कुरो देशैभर ४ प्रतिशत भन्दा बढि धान रोपार्इँ हुने सकेको छैन् । त्यसको मुख्य कारण हो समयमै बर्षा नहुनु र पर्याप्त सिँचाई सुविधाको अभाव हुनु हो । सिँचाई सुविधाको अभावका कारण अहिले ७० प्रतिशत भन्दा बढि खेतमा धान रोपाइँ हुन सकेको छैन् ।

यो बर्षको असार १५ मा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवासभित्रै केही गज जग्गामा धान रोपेर यसपालिको असार १५ अर्थात् धान दिवस मनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल त चितवनै झरेर खेतमा धान रोप्ने मेसिन चलाए । अरू नेताहरू पनि रोजाइअनुसारका ठाउँमा पुगेर हिलोमा खेले, धान रोपे । विगतमा पनि कसैले सिंहदरबारभित्रै गमलामा धान रोपेका थिए भने यसपालि पनि खेतको गरामा सजाइएको सोफामा बसेर धानको माला लगाइएका तस्बिर पनि आएका छन् । किसानलाई सिँचाइ, मल र बीउमा सहुलियत नदिई गरिने यस्ता रमिता जति गर्दै छन्, धान र चामलमा नेपालको परनिर्भरता उति बढ्दैछ ।
किसानले ‘मानो रोपेर मुरी फलाउने’ बेला हो यो । तर सिँचाइ र रासायनिक मल अभावका कारण धेरैजसो किसानले रोपाइँ गर्न पाएका छैनन् । रोपाइँको सर्वाधिक व्यस्त दिन मानिने असार १५ बित्दा मुलुकभर मुस्किलले १० प्रतिशत मात्र रोपाइँ सकिएको छ, जबकि औसतमा यति बेलासम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ भइसक्थ्यो । रोपाइँमा ढिलाइ हुँदा यो वर्ष मुलुकको समग्र धान उत्पादन नै घट्ने चिन्ता पनि सुरु भएको छ, यसै पनि बढ्दो सहरीकरण र बाँझोपनका कारण रोपाइँ हुने क्षेत्रफल खुम्चिरहेको छ । बचेखुचेको खेतमा पनि मल र सिँचाइको अभाव हुँदा तथा उत्पादनशीलता घटेको छ र खाद्यान्नमा परनिर्भरता बढेको छ । धान खेती हुने करिब १४ लाख हेक्टरमध्ये असार १२ सम्म १ लाख ३६ हजार हेक्टरमा मात्र रोपाइँ भएको कृषि विभागको तथ्यांक छ । बढी धान उत्पादन हुने मधेशमा करिब ३ प्रतिशत मात्र रोपाइँ भएको छ । लुम्बिनीमा ८.८ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत, कोशीमा ५.६ प्रतिशत र वाग्मतीमा १८.३ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा भने २५ प्रतिशत रोपाइँ भएको छ । यसपालि हिउँददेखि नै अत्यन्त कम वर्षा भएकाले सुक्खापन बढी छ । टाढाका ठूला खोलाबाट पानी ल्याउन कुलोको सुविधा सबैतिर छैन ।

तराई–मधेशमा भूमिगत पानीको सतह घट्दै गएको छ । ‘डिप बोरिङ’बाट समेत पानी आउन नसक्ने समस्या धेरैतिर छ । त्यसैले धेरै किसान रोपाइँ गर्न मिल्ने गरी आकाशे पानीको पर्खाइमा छन् । यसरी देशैभर धान रोप्नको लागि देखिएको समस्या समाधान गर्नको लागि सरकार गम्भिर भएर लाग्ने की विगतका बर्षहरु जस्तै कार्यालयको एक कुनामा धान रोपेर सोफामा बसेर रमाउने मात्र ? कृषि प्रदान देश बर्षेनी परनिर्भर भइरहेको छ त्यसमा कहिले ध्यान दिने ? यस्ता गम्भिर प्रश्नहरु उब्जिएका छन् सरकारको गम्भिर ध्यान जान जरुरी छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित