FLASH NEWS
  • Loading...

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पुर्पक्षका लागि कारागार चलान

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • ९६ पटक पढिएको
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका कारागार चलानको आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज (मंगलबार) पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

आदेशमा शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको बताए ।

उनीमाथि नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेलेको आरोप छ। यसअघि फरार रहेका उनलाई प्रहरीले गएको शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो । उक्त प्रकरणमा यसअघि नै एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् भने कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित