FLASH NEWS
  • Loading...

एनआईसी एशिया बैंकले सुरु गर्यो मास्टर कार्ड इस्युएन्स सेवा

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १३२ पटक पढिएको
एनआईसी एशिया बैंकले सुरु गर्यो मास्टर कार्ड इस्युएन्स सेवा

काठमाडौँ । एनआईसी एशिया बैंकले मास्टर कार्ड इस्युएन्स सेवा सुरु गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको हो ।

डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ, जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ ।

यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानीलगायतका सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ । ‘डिजिटल फस्ट’ बैंकको रूपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पु¥याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवाप्रदायकको रूपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रूपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित