FLASH NEWS
- Loading...
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित
- गोल्डेन खबर
- ४ महिना अघि
- १०८ पटक पढिएको
काठमाडौँ । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज (आईतबार)को बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस