FLASH NEWS
  • Loading...

लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • १२० पटक पढिएको
लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौँ । बचतकर्ताको अर्बौ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्षलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।

बचतकर्ताले सहकारीले पैसा फिर्ता नगरेपछि दिएको जाहेरी गत चैत १ गते दर्ता भएको थियो । सहकारीका २२ हजार बचतकर्ता छन् । ७६ वर्षीय अध्यक्ष श्रेष्ठ ७ वर्षदेखि लालिगुराँसको अध्यक्ष रहेका छन् । ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालिगुरासँमा सचिव नियुक्त भएका थिए ।

उनी उपाध्यक्ष हुँदै पछि अध्यक्ष बनेका हुन् । ४६ वर्षीय भन्डारी २०५६ सालमा लालिगुरासँ प्रवेश गरेका थिए । म्यानेजरबाट जागिर सुरू गरेका उनी हाल सीईओ र सचिव दुवै पदमा थिए । भण्डारी २०६६ र २०७६ सालमा दुईपटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा रहेका थिए । यस्तै राष्ट्रिय सहकारी महासंघमा ६ वर्ष वरिष्ठ सञ्चालकका रूपमा काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित