FLASH NEWS
  • Loading...

आज असार १५ः राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १८३ पटक पढिएको
आज असार १५ः राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज असार १५ अर्थात्, राष्ट्रिय धान दिवस । सरकारले धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहेको छ । समयमै बर्षा नहुँदा अहिलेसम्म देशैभर ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ ।

कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ ।

यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ । त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।

सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ ।

धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनमा धान दिवस मनाउन लागिएको हो । चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री साहको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित