FLASH NEWS
  • Loading...

सरकारलाई संसदीय समितिको निर्देशनः दुर्गमका सबै पालिकामा नुन उपलब्ध गराउनु

  • गोल्डेन खबर
  • ५ महिना अघि
  • ३८६ पटक पढिएको
सरकारलाई संसदीय समितिको निर्देशनः दुर्गमका सबै पालिकामा नुन उपलब्ध गराउनु

काठमाडौँ । सरकारलाई संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन निर्देशन दिएको छ।

सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सो निर्देशन दिएको हो ।

दुर्गम जिल्लाका पालिकाहरुमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनीलगायत अत्यावश्यक खाद्य वस्तुहरुको गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ। त्यस्तै कालोबजारी र कृतिम अभावको अन्त्य गर्न पनि समितिले भनेको छ।

समितिले सरकारलाई साल्ट ट्रेडिङ कर्पोरेशनलाई भुक्तानी दिनुपर्ने रकम भुक्तानीको व्यवस्था मिलाउन पनि निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित