FLASH NEWS
  • Loading...

मोरङमा २ क्विन्टल गाँजासहित एकजना पक्राउ

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • १०३ पटक पढिएको
मोरङमा २ क्विन्टल गाँजासहित एकजना पक्राउ

काठमाडौं । मोरङको जहदा गाउँपालिका(३ हाथिबन्दाबाट ठूलो परिमाणको गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

प्रहरीले २१८ किलो १७५ ग्राम गाँजासहित १ जनालाई पक्राउ गरेको हो।

गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधवार राति साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ वर्षीय भगवान किस्कुलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित