FLASH NEWS
  • Loading...

सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै सिआईबी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४० पटक पढिएको
सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै सिआईबी

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो बेलुका सकिएकाले आज बुझाउने तय हो ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही ३१ गते ६० दिन पुग्ने भएकाले यो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो।

सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेको थियो । तर, स्वास्थ्यका कारण एक जना हिरासत बाहिर छन् भने ३० जना प्रहरीको हिरासतमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित