FLASH NEWS
  • Loading...

आरआरको चुनाव अनिश्चित, विद्यार्थीहरु नाचेर चित्त बुझाउँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं, २३ फागुन- विद्यार्थी राजनीतिमा चर्चित रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव अनिश्चित भएको छ । निर्वाचन आयोगले त्रिभुवन विश्व विद्यालयलाई स्ववियू चुनाव रोक्न निर्देशन दिएपछि चुनाव अन्यौलमा परेको हो ।
आयोगले स्थानीय निकायको चुनावको कारण स्ववियू चुनाव रोक्न त्रिविलाई आइतवार निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि त्रिविले विद्यार्थी संगठनहरुले उत्पन्न गराएको विभिन्न  विवादको कारण निर्वाचन हुन नसकेका सबै क्याम्पसहरुको चुनाव स्थगित गरेको छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विवाद उत्पन्न गराएपछि आरआर क्याम्पसको स्ववियू चुनाव निर्धारित समयमा हुन सकेको थिएन ।
आर आरको स्ववियूमा २०३६ सालदेखि एमाले निकट अनेस्ववियूले जित्दै आएको छ । उक्त क्याम्पस अनेरास्ववियूको किल्ल्ााको रुपमा चिनिएको छ । स्ववियू चुनावमा नेविसंघले उमेदवारी नदिएर तालाबन्दी गरेको थियो । नेविसंघको तालाबन्दीको कारण चुनाव स्थगित गरिएको थियो । नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनहरुले भने उमेदवारी दर्ता गराएका थिए । अनेरास्ववियूबाट तपेन्द्रबहादुर शाहीको नेतृत्वमा उमेदवारी परेको छ । नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि उमेदवारी दिएको छ । माओवादी केन्द, तथा बैद्य समूह र विप्लप समूह निकट विद्यार्थीहरुले संयुक्त प्यानल बनाएर उमेदवारी दिएका छन् ।
स्ववियू चुनाव आफूले नजित्ने अवस्था देखेपछि नेविसंघले अनावश्यक विवाद गरी चुनाव रोकेको अनेराव्सवियूका अध्यक्ष पदका उमेदवार शाहीले बताए ।
स्ववियू चुनाव नहुने भएपछि विद्यार्थी क्याम्पस दिनहुँ नाचेर बस्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित