FLASH NEWS
  • Loading...

माओवादीले युगकै नेतृत्व गर्ने अवसर गुम्‍न दिनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७२ पटक पढिएको
माओवादीले युगकै नेतृत्व गर्ने अवसर गुम्‍न दिनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं_ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।

शनिबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त गर्यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो।

तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्ने बताए।

‘अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ।

यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवन संघर्ष र आन्दोलनभन्दा पर नरहेको बताउँदै देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक कुनै उद्देश्य नरहेको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित