FLASH NEWS
  • Loading...

सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन सक्दैनः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६१ पटक पढिएको
सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन सक्दैनः प्रधानमन्त्री

काठमाडौंं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगाएको जिकिर गरेका छन् ।

समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन’, उनले भने, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो । सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताए । नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण, मिटरब्याज समस्या हल गरी सरकारले सुशासन कायम गरी छाड्ने उनले प्रतिबद्धता जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित