FLASH NEWS
  • Loading...

बालेनलाई अदालतको झड्काः राप्रपाको कार्यालय नभत्काउन आदेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२५ पटक पढिएको
बालेनलाई अदालतको झड्काः राप्रपाको कार्यालय नभत्काउन आदेश

काठमाडौं -उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कार्यालय रहेको भवन तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले भवन तत्कालन नभत्काउन आदेश जारी गरेको हो । राप्रपाको कार्यालय भत्काउन महानगरको टोली गत साउन १५गते डोजरसहित धुम्बराही पुगेको थियो ।

‘कित्ता नं. ७०७ मा निर्मित घरको सम्बन्धमा कुनै निर्णय भएको वा निवेदकलाई जानकारी दिएको नदेखिएको परिप्रेक्ष्यमा सुविधा सन्तुलनको दृष्टिकोण समेतबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० वमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’,– आदेशमा भनिएको छ ।

उक्त मुद्दा छिटो टुंग्याउन पर्ने भन्दै आदलतले अग्राधीकार समेत प्रदान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित