FLASH NEWS
  • Loading...

इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै त्रिविको भिसी कार्यालय अगाडि नेविसंघले होम हाल्दै जनायो विरोध

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८१ पटक पढिएको
इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै त्रिविको भिसी कार्यालय अगाडि नेविसंघले होम हाल्दै जनायो विरोध

काठमाडौं- सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको छ ।

बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओई ले गरेको शुल्क वृद्धिबिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमूलक आन्दोलन गरेको बताए । उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्क वृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित