FLASH NEWS
  • Loading...

निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको धनराजको दाबी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९८ पटक पढिएको
निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको धनराजको दाबी

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि आग्रह गरे ।

मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले आफू जिन्दगीभर बिचौलिया विरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित