FLASH NEWS
  • Loading...

साम्राज्यवादको युद्ध अपराध हो, यो कुनै पनि हालतमा रोक्नुपर्छः ऋषिराम कट्टेल

  • गोल्डेन खबर
  • १ साल अघि
  • २९६ पटक पढिएको
साम्राज्यवादको युद्ध अपराध हो, यो कुनै पनि हालतमा रोक्नुपर्छः ऋषिराम कट्टेल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमसीसी कार्यान्वयन गर्ने कुरा साम्राज्यवादको युद्ध अपराध भएको भन्दै यो कुनै पनि हालतमा रोक्नुपर्ने बताएका छन् ।

एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् । उनले एमसीसी खारेजीको आन्दोलनको अगुवाई गर्नुपर्ने बताए ।

उनले भने, ‘आम नेपाली जनता एमसीसीको पक्षमा छैन । यो कार्यान्वयन गर्ने पक्षमा पनि छैनन् । यो कार्यान्वयन गर्ने कुरा हुनै सक्दैन । यो नेपाली जनताका विरुद्धको सैन्य रणनीति र आक्रमण हो ।’ उनले माधव नेपाल, प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाका कारण एमसीसी पास भएको जिकिर गर्दै उनीहरु राष्ट्रघाती भएको बताए । उनले राष्ट्रघातीहरुलाई जनताबाटै नंग्याउनु पर्ने विचार राखे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित