- Loading...
एमालेभित्र कुनै नेताको नाममा गुट छैनः पद्मा अर्याल
- गोल्डेन खबर
- १ साल अघि
- १७२ पटक पढिएको
काठमाडौं— नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र कुनै नेताको नाममा गुट नभएको दाबी गरेकी छन् ।
सोमबार रुपन्देहीमा सम्पादकहरूसँगको छलफलमा अर्यालले यस्तो बताएकी हुन् । उनले नेताहरू स्वयम्ले कुनै गुट नबनाएको तर केही व्यक्तिले त्यस प्रकारको हल्ला चलाएको आधारमा सञ्चारमाध्यमले त्यसलाई प्राथमिकता दिन आवश्यक नहुने बताइन् ।
‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, श्रदेय अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवार हुँदा २ जनाको गुट लेख्दा पछि धेरै उम्मेदवार भए कसको गुट लेख्ने नि रु ’ अर्यालले भनिन् ।
उनले आफूले पनि गुट सिर्जना गर्न खोजको हल्ला सुनेको भन्दै त्यो ‘वाहियात’ भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गरिन् । सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताइन् ।
‘तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्,त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ उनले भनिन् । एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तर संवाद गरेकी हुन् ।