FLASH NEWS
  • Loading...

भदौ ४ गते सार्वजनिक बिदा दिइने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११८ पटक पढिएको
भदौ ४ गते सार्वजनिक बिदा दिइने

काठमाडौं- कर्णाली सरकारले आगामी भदौ ४ गते प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसर पारेर सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ । भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक विदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिदा दिइएको मन्त्रालयकी शाखा अधिकृत निर्माला रेग्मीले जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित