- Loading...
क्वार्ज क्रिष्टल गोरखामै राख्न म सकारात्मक छुः प्रधानमन्त्री
- गोल्डेन खबर
- १ साल अघि
- १४१ पटक पढिएको
काठमाडौं :प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड० ले क्वार्ज क्रिष्टल गोरखामै राख्न आफू सकारात्मक रहेको बताएका छन्।
गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरलगायत प्रतिनिधिमण्डलसँग मंगलबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘क्वार्ज क्रिष्टल गोरखामै राख्न प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ सांसद बजगाईले भने, ‘यसबारे सम्बन्धित निकायसँग थप छलफल गर्ने भन्नुभएको छ।’
‘आज दिउँसो सिंहदरबारमा सरोकारवाला पक्षसँग थप छलफल गर्ने भन्नुभएको छ, छलफलमा हामीलाई पनि बोलाउनुभएको छ,’ उनले भने, ‘क्वार्ज क्रिष्टल गोरखामै राख्न मौखिक रूपमा भनेर हुन्न, लिखित निर्णय गरेर पत्र नै दिनुपर्छ भनेर हामीले भनेका छौं।’
सांसद बजगाई, मेयर राना मगर, आरूघाट गाउँपालिका अध्यक्ष राजु गुरूङ, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग बाणिज्य संघका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिले क्वार्ज क्रिष्टल गोरखामै राख्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।