FLASH NEWS
  • Loading...

तीन महिनाअघिनै प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको मोदीको खुलासा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४६ पटक पढिएको
तीन महिनाअघिनै प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको मोदीको खुलासा

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा पार्टी पदाधिकारीको जारी बैठकमा मन्त्री मोदीले आफूले ३ महिनाअघि नै राजीनामा दिएको खुलाउँदै आफू प्रधानमन्त्रीको निर्णय पर्खिरहेको बताए ।

‘काम गर्नका लागि एकदमै अप्ठेरो भयो, सरुवा बढुवा नियुक्तिमै मैले धेरै झमेला ब्यहोर्नुप¥यो’, मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसरी काम गर्ने वातावरण नभइसकेपछि मन्त्रीमा बसिरहनु उपयुक्त लागेन प्रधानमन्त्रीज्यू, मलाई बिदा दिनुप¥यो । पार्टी र संसदको काम गर्छु भनेर तीन महिनाअघि नै राजीनामा लिखित दिएको छु ।’

मोदीका सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा मोदीले कर्मचारी सरुवामा आफूलाई अप्ठेरो पर्दा पनि सहयोग नगरेको भन्दै राजीनामा दिने बताएका थिए । त्यतिबेला उनले राजीनामा पत्र लिएर गए पनि बुझाएका भने थिएनन् ।

त्यसबेला प्रधानमन्त्री प्रचण्डले ‘अहिले राजीनामा नदिनुहोस्, संघीय निजामती ऐन पनि ल्याउनुछ, मैले काम गर्न सहज हुने विधि बनाउन भूमिका खेल्छु’ भनेर जवाफ दिएका मोदीको सचिवालय स्रोतले बताएको छ । आइतबार बालुवाटार बैठकमा मोदीले त्यही घटना स्मरण गर्दै प्रधानमन्त्रीको निर्णय पर्खिएको बताएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रका कुनै मन्त्री हटाएर जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउन चाहेका छन् । तर को मन्त्री हटाउने भन्ने पक्का भइसकेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री चितवनबाट आउन ढिलो भएको, तथा माओवादी बैठक लम्बिएकाले गर्दा आज आइतबार मन्त्रीबारे निर्णय नहुने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आइतबार परामर्शमै समय लिने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित